mee Humanity || Responsive HTML 5 Template

उदेश्यः आदिवासी जनजाति महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक सशक्तिकरण सुनिश्चित गर्दै नेतृत्व, निर्णय क्षमता र राज्यका सबै तहमा अर्थपूर्ण सहभागितालाई वकालत गर्नु हो। परम्परागत ज्ञान, सीप, संस्कार र संस्कृतिको संरक्षण तथा व्यवसायीकरण गर्दै दिगो पहिचान कायम राखिन्छ। जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य, कृषि, महिला, किशोर–किशोरी र बालबालिकामुखी कार्यक्रममार्फत समुदायको समग्र विकासलाई समर्थन गरिन्छ। साथै, स्थानीय, प्रदेश र संघीय सरकारसँग नीतिगत समन्वय र पैरवी गर्दै दीगो र समावेशी परिवर्तनतर्फ संस्था अघि बढ्दछ।

संस्थाले महिला सशक्तिकरण र जीविकोपार्जन वृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम सञ्चालन गर्दछ। यसमा महिला समूह गठन, क्षमता विकास तालिम, कृषि तथा पशुपालनसम्बन्धी सिपमूलक उद्यमशिलता प्रवर्द्धन, स्वास्थ्य एवं पोषणसम्बन्धी जनचेतना, बालबालिकाका लागि शिक्षा तथा छात्रवृत्ति सहयोग, जलवायु अनुकूलन र वातावरण संरक्षणका क्षेत्रमा महिलाको नेतृत्व विकास जस्ता कार्यक्रम समावेश छन्। साथै, महिलामाथि हुने हिंसा विरुद्ध सचेतना अभिवृद्धि गर्दै स्थानीय स्तरमा पहुँच, सहभागिता र अधिकार अभिवृद्धिमा संस्थाले निरन्तर कार्य गर्दै आएको छ।

आदीवासी जनजाति महिलाहरुको सशक्तिकरण,शिक्षा आर्थिक विकास राजनैतिक विकास सामाजिक समानता सशक्त,स्वाभिमानी र आत्मनिर्भर आदीवासी जनजाति महिला समुदाय निर्माण गर्ने लक्षय हो

मुख्य लक्ष्यहरुः

राज्यको हरेक निकायमा आदीवासी जनजातिहरुको पहिचान,प्रतिनिधित्व र पहुँच हुनका लागि वकालत गर्ने गराउने

  • राज्यका सबै तहमा आदिवासी जनजातिको पहिचान, प्रतिनिधित्व र पहुँच सुनिश्चित गर्न वकालत गर्ने।
  • आदिवासी जनजाति महिलालाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा सशक्त तथा आत्मनिर्भर बनाउने।
  • महिलाहरूलाई आफ्नो अधिकार र पहिचानप्रति जागरूक बनाउन सहयोग गर्ने।
  • औपचारिक तथा अनौपचारिक शिक्षा पहुँच बढाई ज्ञान र सीप विकास गर्ने।
  • सीपमूलक तालिममार्फत परनिर्भरता अन्त्य गरी महिलालाई आत्मनिर्भर बन्न सक्षम बनाउने।
  • मातृ तथा शिशु स्वास्थ्य सुधार गर्न पोषणसम्बन्धी जानकारी र सेवा प्रदान गर्ने।
  • स्वरोजगारका अवसर सिर्जना गरी महिलाको आर्थिक आत्मनिर्भरता बढाउने।
  • सानासाना उद्यम सञ्चालन गर्न आवश्यक सहयोग र मार्गदर्शन प्रदान गर्ने।
  • आदिवासी जनजातिको भाषा, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने।
  • लैंगिक हिंसा, बालविवाह र दाइजो प्रथा अन्त्यका लागि समुदायमा सचेतना फैलाउने।
  • पीडित महिलालाई न्यायमा पहुँच बढाउन सहयोग र समर्थन प्रदान गर्ने।
  • आदिवासी जनजाति महिलाको सामूहिक आवाज बुलन्द गर्न संगठित सञ्जाल निर्माण गर्ने।

हामी कसरी काम गर्छौ

• हामी प्रत्यक्षरुपमा आदीवासी जनजाति समुदायमा पुगेर संस्थाको लक्ष्य उदेश्य स्पष्ट गराउछौ संस्था प्रति सोंचमा विश्वास गराउछौ
• आदीवासी जनजाति महिलाहरुको समुदाय स्तरको समुह संजाल निर्माण गर्छौ
• प्रत्यक्षरुपमा उनीहरुको समस्या आवश्यकता र सन्दर्भलाइ बुझेर कार्यक्रम बनाउछौ
• महिलाहरुलाइ नै योजना बनाउनदेखि कार्यन्वयन सम्म सकृय सहभागी बनाउछौ
• समुदायमा विभिन्न विषयमा जनचेतना फैलाउने अभियानहरु संचालन गर्छौ
• सरकारी निकायसँग समन्वय गरी आदीवासी जनजाति महिलाहरुको अधिकार सुरक्षित गर्ने पैरवी गर्छौ
• राष्टीय अन्तराष्टिय संघसंस्था स्थानिय तह विकास साझेदारहरुसँग सहकार्य गर्छौ
• सवै कार्यक्रमहरुमा नियमित अनुगमन र मूल्याकंन गर्छौ
• प्राप्त सुझाव सल्लाह अनुसार कार्ययोजना परिमार्जन गर्छौ

निष्कर्षः
हामी समुदाय स्तरको महिलाहरु देखि स्थानिय स्तरबाट शुरुवात गरेर सहभागी र समावेशी शैलीमा सिप विकास सचेतना अभियान र संस्था वलियो दिगो नितिगतरुपमा सामाजिक रुपान्तरण तर्फ अघि बढ्ने निष्कर्ष रहेकोछ।

हामी कसरी काम गर्छौ

संस्थाको मुख्य गतिविधिहरुः

मुख्य गतिविधिहरु

• महिला समूह निर्माण र क्षमता विकास तालिम
• कृषि उत्पादनमा सिपमूलक तालीम कार्यक्रम
• बचत तथा ऋण कार्यक्रम
• महिला सशक्तिकरण तथा नेतृत्व विकास कार्यक्रम
• बालबालिका, अपाङ्गता भएका महिला तथा पुरुषको क्षमता विकासका कार्यक्रम
• महिला हिंसा विरुद्ध सचेतना कार्यक्रम

लक्षित समुदायः

• आदीवासी जनजाति, आदीवासी जनजाति महिला, महिला, किशोर किशोरी, बालबालिका
• कृषक महिला, एकल महिला, विपन्न वर्ग
• वैदेशिक रोजगारमा जाने महिला र वैदेशिक रोजगारबाट फर्केका महिलाहरु

लक्षित समुदाय

सहकार्य संस्थाहरुः

सहकार्य संस्थाहरु

• स्थानिय तह, नगरपालिका, गाउँपालिका
• प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायहरू
• राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था
• विकास साझेदारहरू, दातृ निकायहरू
• महिला अधिकारका क्षेत्रमा काम गर्ने सञ्जालहरू
• शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक न्यायमा काम गर्ने संस्थाहरू

उदेश्यः

आदीवासी तथा जनजाति समुदायको महिलाहरुलाइ लक्षित गरी सशक्तिकरण समानता शैक्षिक र समृद्धि हासिल गर्ने उदेश्य
मुख्य उदेश्यहरुः
• आदीवासी जनजाति महिलाहरुलाइ आत्मनिर्भर र सक्षम बनाउने ।
• आदीवासी जनजाति महिलाहरुको सामाजिक आर्थिक र राजनितिक सहभागीतामा सुनिश्चत गर्नु ।

Read more

संस्था स्थापनाको प्रमुख आवश्यकताहरूः

• पहिचान संरक्षण र प्रवर्द्धनको लागि ।
• आदीवासी जनजातिको मौलिक भाषा संस्कृति धर्म र परम्परा जोगाउन ।
• एतिहासिक सामाजिक र सांस्कृतिक सम्पदा संरक्षण गर्न ।
• राजनितिक प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्न ।

Read more

आदीवासि जनजाति संस्था स्थापना गर्नुको बाध्यता:

समाजमा रहेको गहिरो असमानता ।
• विभेद अवसरहरुको अभाव र पहिचान संकट ।
• शिक्षा र जानकारीको अभाव ।
• आवाज विहिन आर्थिक असहजता र अवसरको अभाव सांस्कृतिक पहिचानको संकट लैगिंक हिंसा असुरक्षा ।

Read more

आधुनिक युगमा परिवर्तनको प्रयासः

आदिवासी महिला

आदिवासी जनजाति महिलाहरु नेपालको सामाजिक संरचना, संस्कार, सांस्कृतिक सम्पदा र आन्दोलनहरूको अभिन्न अंग हुन् । उनीहरु देशको इतिहास, सभ्यता, संस्कृति र संघर्षमा महत्वपूर्ण भूमिका खेलेका छन्। आदिवासी महिलाहरू परम्परागत रूपमा कृषि, घरेलु उत्पादन र वन सम्पदाको संरक्षण र निर्माणमा सक्रिय थिए। उनीहरू आफ्नो समुदायका सांस्कृतिक संरक्षक र आर्थिक मेरुदण्ड समेत थिए। नेपालका थारु, मगर, गुरुङ, राई, लिम्बु, तामाङ लगायतका समुदायका महिलाहरूले विशेष सामाजिक भूमिका निर्वाह गरेका छन्। उनीहरू मातृसत्तात्मक संरचनामा रही सम्पत्ति, परम्परा र सामाजिक नेतृत्वमा निर्णायक भूमिका खेल्थे। उनीहरूको स्वामित्वमा जल, जमिन, जंगल र प्रथाजन्य कानुनी संरचना थियो। सामाजिक र सांस्कृतिक जीवनमा उनीहरू नेतृत्वदायी समुदाय थिए।

उपेक्षा र उत्पिडन

नेपालको राज्यसत्ताको केन्द्रीकरणपछि आदिवासी जनजाति समुदायहरूलाई जातीय र जनजातीय भनेर वर्गीकृत गरिएपछि उनीहरूको भाषा, भेषभूषा, संस्कृति र संस्कार विस्तारै लोप हुँदै गयो। आदिवासी जनजाति महिलाहरूले तेह्रौँ तहको उत्पीडन व्यहोरे — जातीय, भाषिक र लैङ्गिक आधारमा उनीहरू सामाजिक रूपमा पछाडि पारिए। शिक्षा, स्वास्थ्य, आर्थिक पहुँच र निर्णय प्रक्रियामा उनीहरू वञ्चित बनाइए तर उनीहरू निरन्तर संघर्षरत र सक्रिय रहँदै आएका छन्।

आदिवासी जनजातिहरूको पहिचान, अधिकार र समानताको लागि भएका आन्दोलनहरूमा महिलाहरूले अग्रणी भूमिका खेलेका छन्। लिम्बुवान, थारु, र मधेश आन्दोलनमा महिलाहरूको उल्लेखनीय सहभागिता र अगुवाइ रहेको छ।

परिवर्तन र नेतृत्व

पछिल्ला दशकहरूमा शिक्षा, सशक्तिकरण र सचेतनाको वृद्धिसँगै आदिवासी जनजाति महिलाहरू विभिन्न क्षेत्रमा नेतृत्व गर्न थालेका छन्। संघीय संसददेखि स्थानीय तहसम्म, महिला अधिकारकर्मी, शिक्षक, सरकारी कर्मचारी, संघ–संस्थाको नेतृत्व र साना व्यवसायमा उनीहरू अगाडि आएका छन्। शिक्षा, स्वास्थ्य, रोजगार, निर्णय प्रक्रिया र हिंसाबाट सुरक्षामा अझै पनि चुनौतीहरू छन् तर महिलाहरू निरन्तर प्रगति र सशक्तिकरणको यात्रामा छन्।

आदिवासी जनजाति महिला उत्थान केन्द्रजस्ता संस्थाहरू स्थापना हुनुको कारण नै यी असमानता, विभेद, अवसरको अभाव र पहिचान संकटका कारण हो। संस्थाको उद्देश्य आदिवासी जनजाति महिलाहरूलाई सशक्त, आत्मनिर्भर र समान अवसरयुक्त समाजमा रूपान्तरण गर्नु हो।

संस्थाका प्रमुख उद्देश्यहरूमा शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, सांस्कृतिक संरक्षण, लैङ्गिक हिंसा विरुद्ध अभियान, मातृ–शिशु स्वास्थ्य सुधार, सिपमूलक तालिम, आत्मनिर्भर उद्यम सिर्जना, र आदिवासी भाषा र संस्कृतिको संरक्षण समावेश छन्। संस्थाले स्थानीय, प्रदेश र संघीय तहसँग नीति समन्वय गर्दै महिलाको समान सहभागिता र अधिकार सुनिश्चित गर्न काम गर्छ।

आदीवासी जनजाति महिलाहरुको इतिहास

आदीवासी जनजाति महिलाहरु नेपालको सामाजिक संरचना, संस्कार, सांस्कृतिक सम्पदा र आन्दोलनहरुको अभिन्न अंग हुन्। उनीहरुले देशको इतिहास, सभ्यता, संस्कृति र संघर्षमा महत्वपूर्ण भूमिका खेलेका छन्। परम्परागत रूपमा कृषि, घरेलु उत्पादन र वन सम्पदाको संरक्षणमा सक्रिय थिए। उनीहरु सांस्कृतिक संरक्षक र आर्थिक मेरुदण्ड समेत थिए। थारु, मगर, गुरुङ, राई, लिम्बु, तामाङ लगायतका समुदायका महिलाहरुले विशेष सामाजिक भूमिका निर्वाह गरेका छन्। मातृसत्तात्मक संरचनामा रही सम्पत्ति, परम्परा र सामाजिक नेतृत्वमा निर्णायक भूमिका खेल्थे। उनीहरुको स्वामित्वमा जल, जमिन, जंगल र प्रथाजन्य कानुनी संरचना थियो।

इतिहास

उपेक्षा र उत्पीडन

• आदीवासी जनजाति महिलाहरुले ऐतिहासिक रूपमा सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उपेक्षा भोगेका छन्।
• शिक्षा, स्वास्थ्य, रोजगारी र नेतृत्वमा पहुँच अभावले उनीहरुको क्षमता कम भएको छ।
• संस्कार, धर्म र पुरुषकेन्द्रित सोचले महिलाको भूमिका सीमित बनाएको छ।
• लैङ्गिक हिंसा, बालविवाह, दाइजो प्रथा जस्ता कुरीतिहरुले उत्पीडनलाई गहिरो बनाएको छ।
• महिलाको सामाजिक सशक्तिकरणका लागि नेतृत्वदायी जनचेतना अभियान आवश्यक छ।
• समान अधिकार र अवसरका लागि महिलाहरुको नेतृत्व निर्णायक छ।

उपेक्षा र उत्पीडन

आधुनिक युगमा परिवर्तनको प्रयास

• आदीवासी जनजाति महिलाहरुले परम्परागत भूमिकाबाट बाहिर निस्केर आधुनिक शिक्षामा प्रवेश गर्न थालेका छन्।
• प्रविधिको प्रयोग, उद्यमशिलता, नेतृत्व विकास र सामाजिक सञ्जालमार्फत आवाज बुलन्द गर्ने प्रयास भइरहेको छ।
• उनीहरुले स्थानीय सरकारसँग समन्वय गरी नीति निर्माणमा सहभागिता जनाउन थालेका छन्।
• आधुनिक युगमा लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तिकरणमा महिलाहरुको सक्रियता बढ्दै गएको छ।
• संस्थागत सञ्जाल निर्माण, तालिम, जनचेतना अभियान र सहकार्यमार्फत परिवर्तनको गति तीव्र बनाइएको छ।

परिवर्तनको प्रयास

बाँकी चुनौतिहरु

• आदीवासी जनजाति महिलाहरुको शिक्षा, स्वास्थ्य र आर्थिक पहुँच अझै सीमित छ।
• नीति निर्माणमा समावेशी सहभागिता सुनिश्चित गर्न चुनौती कायम छ।
• सामाजिक कुरीति, लैङ्गिक विभेद र हिंसाको अन्त्यका लागि निरन्तर प्रयास आवश्यक छ।
• जलवायु परिवर्तन, वातावरणीय संकट र प्राकृतिक स्रोतको संरक्षणमा महिलाको भूमिका अझ सशक्त बनाउनुपर्ने छ।
• प्रविधिको पहुँच, डिजिटल साक्षरता र सूचना प्रवाहमा असमानता विद्यमान छ।
• संस्थागत सञ्जालको सुदृढीकरण र दीगो विकासका लागि स्रोत र अवसरको अभाव चुनौती बनेको छ।

बाँकी चुनौतिहरु

संस्था स्थापनाको आवश्यकताः

• समुदायमा दीगो विकासका लागि संस्थागत संरचना अपरिहार्य छ।
• महिलाहरुको अधिकार र पहिचान सुरक्षित गर्न संस्थागत सञ्जाल आवश्यक छ।
• नीति निर्माणमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न संस्था पनाको भूमिका महत्वपूर्ण हुन्छ।
• शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायमा पहुँच बढाउन संस्थागत सहकार्य आवश्यक छ।
• स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्न संस्था पनाले सहजता ल्याउँछ।
• अन्तर्राष्ट्रिय स्तरमा समेत अधिकार र अवसर सुनिश्चित गर्न संस्थागत सञ्जाल अपरिहार्य छ।

संस्था पनाको आवश्यकताः

Meet Our team

Meet Our Donors

Ormonde Hirah

.....

Ormonde Hirah

.....

Ormonde Hirah

.....

Ormonde Hirah

.....

Scroll Top